खाजा खर्च कटाएर शैक्षिक र खेलकुद सामग्री सहयोग

नवलपुर टुडे


भरतपुर । भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलका विद्यार्थीहरुले खाजा खर्च कटाएर शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेका छन् । विद्यार्थीहरुले राप्ती नगरपालिका ७ स्थित दिव्यज्योति आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेका हुन् ।
इन्टरयाक्ट क्लब र इको क्लब अफ ग्रीनल्याण्डका विद्यार्थीहरुले २० हजार रुपैँया बराबरको कापी, कलम, फुटबल, क्रिकेट ब्याट, बल, लुडोलगायतका सामग्री सहयोग गरेको कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए । ग्रीनल्याण्डका विद्यार्थीहरुले यस अघि पनि विभिन्न विद्यालयमा यसरी नै सहयोग गरेका थिए ।
कार्यक्रमका राप्ती नगरपालिका ७ का वडाध्यक्ष सुमित डल्लाकोटी, ग्रीनल्याण्ड पब्लिक स्कुलकी प्राचार्य इन्दिरा कार्की, दिव्यज्योतिका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमबहादुर पुन, प्राचार्य कल्पना पौडेल, इन्टरयाक्ट क्लब र इको क्लब अफ ग्रीनल्याण्डका अध्यक्षद्धय विदुषी कार्की र मनिषा थापालगायतको उपस्थिति रहेको थियो । उक्त विद्यालयमा एक सय १० जना विद्यार्थी अध्ययनरत छन् ।

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















