समाज

आइजिपी थापाको दाबीः थुनुवालाई मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी हिरासतमा राखेका छौँ

नवलपुर टुडे
२०८१ चैत्र १० | मध्यान्ह ०६:१२ बजे

काठमाडौँ । प्रहरी महानीरिक्षक दीपक थापाले हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेको दाबी गरेका छन्।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले हिरासतमा रहेका व्यक्तिहरुलाई आधारभूत आवश्यकताअन्तर्गत गाँस, बास र कपासको व्यवस्थापन गरेको बताए। उनले थुनुवाहरुलाई भौतिक संरचनाको मापदण्डबमोजिम हिरासतमा राखिएको दाबी गरे।

उनले देशभरका विभिन्न स्थायी तथा अस्थायी इकाइहरुबाट अभियुक्तमाथि मुद्दा चलाउने गरेको बताए। प्रहरीको कतिपय इकाइमा भौतिक संरचना नभएका कारण थुनुवा राख्न समस्या रहेको उनको भनाइ छ।

कमेन्टहरु