Opens in a new tab

ससुराली हिँडेका शिवशंकरको विभत्स हत्या, जंगलमा भेटियो शव

नवलपुर टुडे

29Shares
dida bag ad

महोत्तरी। महोत्तरीको जंगलमा एक युवकको धारिलो हतियारले प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार शुक्रबार साँझ साढे ५ बजेको समयमा गौशाला नगरपालिका ८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा युवकको शव फेला परेको हो।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुर बस्ने २५ वर्षीय शिवशंकर महतोको जंगलमा रेल्वे ट्रयाकको दक्षिणतर्फ घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको प्रवक्ता जैसवारले बताए । शवको सनाखत भएपछि हत्याको घटनामा अनुसन्धान अगाडि बढाइएको बताए ।

दिगम्बरपुरका स्थानीयका अनुसार शिवशंकर बिहीबार दिउँसो श्रीमती सृजना, १० महिने छोरासहित घरबाट ससुराली महोत्तरीको बर्दिबासका लागि निस्केका थिए ।