Opens in a new tab

सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

दिप्शन गुरुङ

29Shares
dida bag ad

कावासोती, चैत्र ७। कावासोती २ मा रहेको पुरानो सहकारी शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्थाले सुरु गरेको सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम हिजो चैत्र ६ गते कावासोती नगरपालिका वडा न ६ मा रहेको कृष्ण मन्दिरको हलमा सम्पन्न भएको छ।

कावासोती ६ मा रहेका संस्थाका विभिन्न समुहहरुको महिलाहरुलाइ साक्षरता प्रशिक्षण गरिएको हो।संस्थाको अध्यक्ष गिता देवि अर्यालको अध्यक्षता तथा कावासोती ६ को वडा सदस्य चुरिकला बस्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको तालिममा गण्डकी स्किल लर्निङ्ग एकेडेमीमा प्रशिक्षक किरण भुर्तेलले सहजीकरण गरेका थिए।संस्थाका बचतकर्ता तथा सेयर सदस्यहरुलाइ सहकारीको बारेमा विविध जानकारी दिन तथा कसरी बजेट निर्माण गर्ने ,लगानि कसरी गर्ने ,ऋण व्यवस्थापन कसरी गर्ने ,बचत कसरी गर्ने र यस्का फाइदा के के छन भन्ने कुरा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष अर्यालले बताउनु भयो।

संस्थाको सचीवले संचालन गरेको कार्यक्रममा संस्थाको सल्लाहकार विषेश अतिथी कोपिला देवि भुसाल ,संस्थाको उपाध्यक्ष तुलसी देवि खनाल,कोषाध्यक्ष राजकुमारी काफ्ले लगायतको उपस्थिति रहेको थियो।संस्थाले फागुन २८ गतेबात कावासोती १ बाट कार्यक्रमको सुरुवात गरेको र सेवा क्षेत्र रहेका सबै वडामा कार्यक्रम संचालन गरिने आयोजकले जानकारी दिएको छ।