समाज

कीर्तिपुर बहुउद्देश्य सहकारीकाे आयोजनामा रक्तदान सम्पन्न

रिदेन महर्जन
२०८१ चैत्र ५ | मध्यान्ह ०४:१२ बजे

कीर्तिपुर । कीर्तिपुर बहुउद्देश्य सहकारी लि. को आयोजनामा गरिएकाे रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान दिएका छन् ।

चैत्र २ गते शनिवार कीर्तिपुर नगरपालिका वडा नं. ९ तगवःपि सम्पन्न रक्तदानमा ३२ जना पुरुष र १२ जना महिला गरि कूल ४४ जनाले रक्तदान दिएकाे थियाे ।

photo 2025 03 18 16 43 11

कीर्तिपुर बहुउद्देश्यीय सहकारीकाे सामाजिक उत्तरदायित्वहरु निर्वाह गर्ने क्रममा संस्थाले आफ्नो रजत वर्षको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएकाे थियाे ।

कीर्तिपुर बहुउद्देश्य सहकारीले बर्षको एक पटक रक्तदान लगायत विविध सामाजिक कार्य गदै आइरहेको छ ।

कमेन्टहरु