ग्रीनल्यान्ड स्कुलमा अन्तर प्रि स्कुल नृत्य प्रतियोगिता सम्पन्न

नवलपुर टुडे


भरतपुर । भरतपुरस्थित ग्रीनल्यान्ड पब्लिक स्कुलको अन्तर प्रि स्कुल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । स्कुलको आयोजनामा आइतबार उक्त नृत्य प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा ८ वटा प्रि स्कुलहरु सहभागी थिए । प्रतियोगितामा बकेना बाल बाटिका स्कुल प्रथम भएको छ । यस्तै स्मल हर्ट मन्टेश्वरी द्वितीय र किड्स वर्ल्ड मन्टेश्वरी तृतीय हुँदा ज्ञानज्योति बालबाटिका स्कुलले चौथो स्थान हासिल गरेको कार्यक्रम संयोजक सुरुचि कंडेलले जानकारी दिनुभयो । प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने स्कुललाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
स्कुलकी प्रिन्सिपल इन्दिरा कार्कीले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिताले आयोजना गरिएको बताउनुभयो । यसले प्रतिभाको कलात्मक अभिव्यक्तिलाई अझ प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
स्कुलका भाईस प्रिन्सिपल उपेन्द्र आचार्यले नृत्यले विद्यार्थीहरुलाई शारीरिक तथा मानसिक समेत श्वस्थ राख्न सहयोग पुग्ने बताउनुभयो । शिक्षक अभिभावक संघका अध्यक्ष मनोज भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















