फेटा गाउँपालिकामा जनमत पार्टीको होली मिलन समारोह सम्पन्न

नवलपुर टुडे


बारा, फागुन २८ । हिन्दुहरुको महान पर्व होली पर्वमा जाड रक्सीको नशा नगरी सभ्य र भव्य रुपले पर्व मनाउन युवा नेता दुबेले आग्रह गर्नु भएको छ । फेटा गाउँपालिका वडा नम्बर ७ निवासी युवा नेता उमेश दुबेले होली पर्वलाई सभ्य र भव्य रुपले मनाउने र जाड रक्सीको सेवन नगरी अबिर तथा रंगले पर्व मनाउन आग्रह गर्नु भएको हो ।
जनमत पार्टी फेटा गाउँपालिका समितिले आयोजना गरेको होली मिलन समारोहमा बोल्दै युवा नेता उमेश दुबेले गाउँपालिका गठन भएको करिब ८ बर्षमा पनि कुनै किसिमको विकास हुन नसकेको आरोप लगाउनु भयो । आफुलाई इमान्दार र कर्मठ भन्दै स्थानीय सर्वसधारण जनतालाई झुक्याउदै नेताहरुले निर्वाचित हुने गरेतापनि कुनै किसिको विकास नह्ुनु भनेको दुर्भाग्यको बिषय रहेको बताउनु भयो ।
व्यापारीहरुले स्थानीय तहलाई व्यापारकै रुपमा प्रयोग गर्न थालिएकै कारण कुनै किसिमको विकास हुन नसकेको बताउनु भयो । निर्वाचनको समयमा व्यपारीहरु आर्थिक दम्भमा सोझासाझा जनतालाई झुक्याउदै आर्थिक प्रलोभनमा पारी मत लिने गरेकै कारण विकासको काम हुन नसकेको औल्याउनु भयो । उहाले स्थानीय निर्वाचनको समयमा शिक्षा, स्वास्थ्य र कृषिमा सुधार गर्ने वाचा सहित निर्वाचनमा भाग लिने व्यापारीहरु हालसम्म सुधार गर्न नसकेको आरोप लगाउनु भयो ।
फेटा गाउँपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा सम्पन्न होली मिलन समारोहको प्रमुख अतिथि उमेश दुबेले अगामी बि.सं. २०८४ मा हुने स्थानीय निर्वाचनमा सोच विचार गरी मात्र आफ्नो एकाधिकार मतको प्रयोग गर्ने सुझाएका थिए । कार्यक्रममा जनमत पार्टीका बारा जिल्ला इन्चार्ज शिवनाथ पटेल, फेटा गाउपालिका समितिका अध्यक्ष नवल पटेल, प्रेम कुमार साह, शेषनाथ यादव, छोटेलाल कुश्वाहा, दिपक दास, अकलेश कुश्वाहा, हरि राम, वकिल ठाकुर, मोहन दास, मोहन पडित, जितेन्द्र दास, शशिकान्त गुप्ता, सुरेन्द्र साह, बिनोद सिंह लगायत करिब २ सय जना स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















