समाज

अवधी पत्रकार संघ कपिलवस्तुकाे रक्तदान कार्यक्रम : ३३ युनिट रगत सङ्कलन

नन्द किशोर कुर्मी (लालु)
२०८१ फाल्गुन २८ | मध्यान्ह ०६:११ बजे

कपिलवस्तु । अवधी पत्रकार संघ नेपाल कपिलवस्तुले आयोजना गरेकाे रक्तदान कार्यक्रममा ३३ युनिट रगत सङ्कलन भएको छ । ‘रक्तदान, जीवन दान’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै बुधबार अवधी पत्रकार संघले रक्तदान कार्यक्रम गरेकाे हाे ।

रक्त सञ्चार केन्द्र बुटवलकाे प्राविधिक सहयोगमा कृष्णनगर नगरपालिकाकाे बहादुरगञ्जमा अवस्थित शिवराज अस्पतालमा रक्तदान कार्यक्रम गरिएको अवधी पत्रकार संघ कपिलवस्तुका जिल्ला अध्यक्ष मनिष कुमार गुप्ताले जानकारी दिए ।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नियमित रक्तदानले शारीरिक र मानसिक रुपमा फाइदाजनक भएको बताए । यसले हृदयघात र हृदयघातकाे जाेखिम कम हुने बताउँदै रगतको हेमाेग्लाेबिन स्तर राम्रो हुने उनको भनाइ छ ।

राेगग्रस्त र दुर्घटनामा परेका व्यक्तिकाे जीवन जाेगाउनका लागि यस रगतले अमुल्य याेगदान पुग्ने बताए । उनले अवधी पत्रकार संघ जिल्ला शाखाले रगत अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रमकाे आयाेजना गरि पुण्यकाे कार्य भन्दै प्रशंसाासमेेत गरे ।

यस्तै अवधी पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष सनिउल्ला धाेबीले स्वास्थ्यकाे दृष्टिकोणले रक्तदान महत्त्व कार्य भएको बताए । उनले केहीले भ्रमका कारण रगत दान गर्न डर मान्ने गरेकाे जिकिर गर्दै रक्तदानले कुनै किसिमकाे नकारात्मक असर नगर्ने बताए । रगतले गुम्नै लागेकाे ज्यान बचाइन्छ भन्दै रक्तदान अति आवश्यक भएको उनले बताए ।

कमेन्टहरु