भरतपुर ६ मा फागुन २८ देखि वडाध्यक्ष कप भेट्रान्स फुटबल हुँदै

नवलपुर टुडे


भरतपुर । भरतपुर महानगरपालिका ६ मा फागुन २८ गतेदेखि वडाध्यक्ष कप ८ ए साइड राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । खेलकुद बिकास समिति भरतपुर ६ को आयोजनामा उक्त प्रतियोगिता हुन लागेको छ ।
भरतपुर ६ स्थित सिद्धेश्वर खेल मैदानमा हुने प्रतियोगिता चैत २ गतेसम्म चल्नेछ । प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा ३ बजे पश्चिम चितवन भेट्रान र अभिषेक चर्च रजहर भिड्नेछ । सोही दिन दिउँसो ४ बजे भरतपुर ६ र विरगन्ज युनाइटेड भिड्नेछन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख तथा उपविजेताले ५० हजार प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले पनि नगद पुरस्कार प्राप्त गर्ने वडा खेलकुद बिकास समितिका अध्यक्ष अरुण वन्तले जानकारी दिए । प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको पनि उनले बताए ।
भरतपुर ६ को कार्यालय संरक्षक रहेको प्रतियोगिताको प्रवर्द्धकमा भरतपुर महानगरपालिका तथा सह प्रायोजकहरुमा शुभ प्रभात हाउजिङ तथा मिनान्नो एजुकेसन सेन्टर रहेका छन् ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















