समाज

भट्टराई परिवारले गर्यो चौरासी पुजाको रकम विद्यालयलाई सहयोग

नवलपुर टुडे
२०८१ फाल्गुन २२ | मध्यान्ह ०७:११ बजे

पर्वत । पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा एक भट्टराई परिवारले चौरासी पुजाको रकम विद्यालयलाई सहयोग गरेका छन् ।

आम्बारी माध्यमिक विद्यालयका संस्थापक सदस्य स्व आत्मराम भट्टराईकी धर्मपत्नी मनकुमारी भट्टराईले आफ्नाे चाैरासी पुजामा गर्नु भएकाे तुलादान रकम रु १०,००० (दस हजार मात्र) शिक्षक अभिभावक संघ सदस्य छाेरा घनश्याम भट्टराईकाे संरक्षकत्वमा अक्षयकोष स्थापनाका लागि भन्दै विद्यालय शिक्षक र शिक्षिकालाई प्रदान गर्नु भएकाेमा विद्यालयका प्रधानअध्यापक शिव पराजुलीले जानकारी दिनु भयो ।

कमेन्टहरु