बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु

उमेश रोकाया


बाजुरा , फागुन १५ । बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर १ का अन्दाजी ४० बर्षका नृपराज रेग्मी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुधवार साथीहरुसँग गाउँ नजिकै माछा मार्न गएका रेग्मी सोही ठाउँबाट वेपत्ता भएका थिए । रेग्मी आज (बिहीवार) बिहान भीरबाट लडेर मृत अवस्थामा फेला परेका जनाएको छ । उनको टाउकोमा चोट लागेको छ ।
मृतक रेग्मीको शव पोर्ष्टमाटमका लागि कोल्टी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए । घटनाको प्रकृति अनुसार उनी भीरबाट नै लडेर मृत्यु भएको देखिए पनि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















