प्रहरीका १४ डीएसपीको काज सरुवा (सूचीसहित)

नवलपुर टुडे


काठमाडौं । नेपाल प्रहरीका १४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले गरेको सरुवाको सूचीमा जिल्ला प्रमुखदेखि इलाका प्रमुखसम्म छन् । जिल्ला प्रहरी कार्यालय रसुवाको प्रमुखमा डीएसपी हेमबहादुर शाहीलाई सरुवा गरिएको छ । रसुवामा रहेका डीएसपी केशव भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा गरिएको छ ।
डीएसपी रवीन्द्र खनाललाई जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा गरिएको छ । मीनबहादुर लामालाई प्रहरी प्रधान कार्यालयमै मानव स्रोत विभागमा सरुवा गरिएको छ । त्यस्तै जेशी साहलाई कारागार सुरक्षा कार्यालय सुन्धारामा काज सरुवा गरिएको छ । जीवन निरौलाको भने जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा सरुवा भएको छ ।
निरन्जन थापाको वृत्त महाराजगञ्जमा सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दलाई प्रहरी वृत्त जनसेवाको जिम्मेवारी दिइएको छ । खगेन्द्रबहादुर खड्कालाई चन्दको ठाउँ झापामा पठाइएको छ ।
विकास थापा इलाका प्रहरी कार्यालय गजुरी धादिङमा सरुवा भएका छन् । ज्ञानकुमार महतो जिल्ला प्रहरी कार्यालय दोलखाको प्रमुखमा सरुवा भएका छन् । अर्का डीएसपी राजन लाामालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको जिम्मेवारी दिइएको छ। इन्द्रबहादुर रानालाई इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा गरिएको छ । विजयराज पण्डितलाई भने गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















