त्रिशूलीमा बेपत्ता चालकको खोजी गर्न गोताखोर परिचालन

नवलपुर टुडे


काठमाडौँ । नारायणगढ–काठमाडौँ सडक खण्डबाट त्रिशूली नदीमा मोटरसाइकल खस्दा बेपता चालक रोहित रानाको खोजीका लागि गोताखोर परिचालन गरिएको छ । शुक्रवार बिहान ११ः ५५ बजे मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ०६–०२–प ९२०४ नम्बरको मोटरसाइकल चितवनको ईच्छाकामना गापा–५ चट्टाने भीर (कालीखोला) मा डिभाइडरमा ठोक्किएर त्रिशूली नदीमा खस्दा राना बेपत्ता भएका थिए ।
नदीमा बेपत्ता रानाको खोजी कार्यका लागि गोताखोर परिचालन भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । खोजी कार्यका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमाण्डमा ६ जना गोताखोरसहितको टोली परिचालन भएको थापाले बताए ।

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने

स्थानीय तहद्वारा जग्गा–वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र
















