सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलनमा उत्रिने पत्रकार महासंघको चेतावनी

नवलपुर टुडे


काठमाडौं । नेपाल पत्रकार महासंघले समाजिक सञ्जाल विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । विधेयक सच्याउन तयार नभए आन्दोलन गर्ने महासंघको चेतावनी छ ।
माघ २८ र २९ गते धुलिखेलमा बसेको केन्द्रीय समिति बैठकको बैठकले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता खुम्च्याउने गरी ल्याइएको विधेयक फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।
“उक्त विधेयक तत्काल फिर्ता लिई सामाजिक सञ्जाल प्लेटफर्महरूलाई मात्रै नियमन गर्ने गरी सरोकारवालासँग आवश्यक परामर्श गरेर पुनर्लेखन गर्न सरकार, संसद् र राजनीतिक दलहरूसमक्ष माग गर्दछ,” महासंघले भनेको छ, “अन्यथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र न्यू मिडियाको प्रभावकारितामा अंकुश लगाउने गरी बन्ने विधेयकविरुद्ध महासंघ संघर्षमा उत्रिन बाध्य हुनेछ ।”
यसैगरी, महासंघले मिडिया काउन्सिल विधेयक सरोकारवालाबाट आएका सुझावलाई बेवास्ता गरी पारित गरेकामा पनि आपत्ति जनाएको छ ।
“महासंघसहित सरोकारवालाले पटक पटक छलफल गरी संशोधनका लागि दिएका सुझावहरूलाई बेवास्ता गर्दै राष्ट्रिय सभाबाट ‘मिडिया काउन्सिल विधेयक’ पारित भएकामा महासंघको यो बैठक आपत्ति प्रकट गर्दछ,” निर्णयमा भनिएको छ, “विगतमा महासंघसहित रोकारवालाहरूले दिएका सुझावहरूलाई समेटेर मात्रै थप प्रक्रिया अघि बढाउन महासंघ जोडदार माग गर्दछ ।”

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















