Opens in a new tab

झापामा कुकुरले टोकेर बालकको मृत्यु

रासस

29Shares
dida bag ad

झापा । कुकुरले टोकेर झापाको कन्काई नगरपालिकामा एक जना बालकको मृत्यु भएको छ। सङ्खुवासभा चैनपुर नगरपालिका– ७ घर भई हाल कन्काई नगरपालिका–२ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका सात वर्षीय छोरा प्रकाशको मृत्यु भएको हो।

विगत डेढ महिनाअघि कुकुरले टोकेको बालकको अवस्था सामान्य रहेका कारण उपचार नगराई बसेकामा शुक्रबार भने एक्कासी बालकको स्वास्थ्यमा समस्या आएको थियो। बालकलाई भद्रपुरस्थित प्रादेशिक अस्पतालमा लगी सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा बालकको अवस्था गम्भीर भएपछि हेटौँडास्थित सीएमसी चुरी हिल अस्पतालमा भर्ना गरिएको थियो।

उनको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

अरुपनि पढ्नुहोस

सबै

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

२०८३ कार्तिक १७ | मध्यान्ह ०१:०७ बजे

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

२०८३ कार्तिक १७ | मध्यान्ह ०१:०७ बजे