भोलिदेखि भरतपुरमा अन्तर वडा उपमेयर कप भलिबल प्रतियोगिता हुँदै, विजेताले ४० हजार रुपैयाँ पाउने
दिप्शन गुरुङ


चितवन, माघ १५ । भरतपुर महानगरपालिकाको आयोजनामा भोलि (बुधबार)देखि अन्तर वडा उपमेयर कप (महिला/पुरुष) भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल संघ चितवनको समन्वयमा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवद्र्धन गर्न वडास्तरीय उपमेयर कप आयोजना गरिएको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए । उनले प्रतियोगिताको तयारी लगभग अन्तिम चरणमा पुगेको जानकारी दिए । पछिल्लो समय भलिबलमा पुरुषसंगै महिला टिमले पनि उत्कृष्ट प्रदर्शन गर्न थालेकोले महिला खेलाडीहरुलाई प्रोत्साहन गर्न यहाँ पनि महिला प्रतियोगिता आयोजना गरिएका् उपप्रमुख अधिकारीले बताए ।
भरतपुर–१० गेष्टहाउस चौरमा हुने प्रतियोगिताको भोलि विहान १० बजे समुद्घाटन गर्ने कार्यक्रम छ । खेलको प्रत्यक्ष प्रशारण नारायणी खेल लाइभ युट्युव च्यानलबाट हुनेछ । प्रतियोगितामा पुरुषतर्फ १६ देखि २० टिमको सहभागिता हुँदैछ । महिला टिम १० टिमको सहभागिता रहने जिल्ला भलिबल संघका महासचिव एवं भरतपुर महानगर खेलकुद विकास समितिका सदस्य रमेश विश्वकर्माले जानकारी दिए ।
प्रतियोगितामा पुरुष र महिला टिमलाई बराबर पुरस्कार राशी राखिएको छ । प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैयाँ, द्धितीय हुनेले २० हजार रुपैयाँ र सेमीफाइनलमा पुग्ने दुई टिमले समान १०/१० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















