पुलिसलाई हराउँदै सरस्वती राईजिङ भरतपुर गोल्डकपको सेमिफाइनलमा
दिप्शन गुरुङ


चितवन । नेपाल पुलिस क्लबविरुद्ध पुनरागमन जित निकाल्दै सरस्वति युथ क्लब मिन्नानो राईजिङ भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको खेलमा सरस्वतिले पुलिसलाई सडन डेथमा निराश बनाएको हो । त्यस अघि निर्धारित समयको खेल १(१ गोलको बराबरीमा सकिएको थियो ।
खेलमा अग्रता भने पुलिसले लिएको थियो । ६२ औं मिनेटमा कप्तान अनुप लिम्बुको उत्कृष्ट हेडर गोलमा पुलिसले अग्रता लिएको थियो । तर खेलको अन्तिम समयमा पुलिस सम्हालिन सकेन । खेल सकिन एक मिनेट बाँकी रहदा फोफोनाले सरस्वतिका लागि गोल फर्काए । निर्धारित समय र टाईब्रेकरमा पनि बराबरीपछि सडन डेथमा सरस्वति विजयी भयो ।
सरस्वतिका गोल रक्षक सन्दीप सिंह कठायत प्लेयर अफ दि म्याच भए । सरस्वतिले अब फाइनल प्रवेशका लागि बागमती युवा क्लब सर्लाहीको सामना गर्नेछ । बागमती यस अघि सूर्यपुर एफसीलाई हराउँदै सेमिफाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगितामा बुधवार पहिलो सेमिफाइनल खेल हुनेछ । जसमा आबुँखैरेनी र प्याराडाईज युवा क्लब भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख प्राप्त गर्नेछ ।

विशेष गाउँसभाबाट थप बजेट विनियोजन

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड

गण्डकी र कोसी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास
अरुपनि पढ्नुहोस
सबै
सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म …

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अक्टोबरसम्म ३० हजारभन्दा बढी विदेशी पर्यटक मनाङमा, भारतीयको सङ्ख्या सबैभन्दा धेरै

बुद्धिचालमा रुलेश र आशिशको संयुक्त अग्रता
















