प्रजिअले आफ्नै विषयमा आएको समाचार हटाउन लगाए, महासंघको ध्यानाकर्षण

नवलपुर टुडे


काठमाडौं । नेपाल पत्रकार महासंघले जिल्ला प्रशासन कार्यालय डडेलधुराले एक न्यूज पोर्टललाई समाचार हटाउन गरेको पत्राचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघका तर्फबाट महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरेर सिमाना न्युज डटकमलाई समाचार हटाउन गरिएको पत्राचारप्रति विरोध जनाएका हुन् ।
‘‘महासंघ डडेलधुरा शाखाका अनुसार यही पुस १६ गते मंगलबार उक्त अनलाइनमा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको विषयमा समाचार प्रकाशित भएको थियो,’’ विज्ञप्तिमा भनिएको छ, ‘‘सोही समाचारलाई लिएर प्रमुख जिल्ला अधिकारी न्यौपानेले कार्यालयकै लेटरहेड प्रयोग गरी न्यूज पोर्टल/च्यानलबाट समाचार हटाउन पत्राचार गर्नुका साथै पत्रकारलाई धरपकड गर्ने मौखिक धम्कीसमेत दिएका छन् ।’’
प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचारमा जान सकिने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने प्रचलित प्रावधान रहेको भन्दै महासंघले त्यसलाई बेवास्ता गर्दै प्रमुख जिल्ला अधिकारी जस्तो जिम्मेवार व्यक्तिबाट पदीय मर्यादाविपरीत गरिएको हर्कत अन्यन्त निन्दनीय रहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘‘यो कदमलाई महासंघले प्रेस स्वतन्त्रतामाथिको ज्यादतीका रूपमा लिएको छ । यस किसिमका हर्कतले संविधानप्रदत्त पत्रकारको अधिकारमाथि आघात पुग्नुका साथै लोकतान्त्रिक मूल्य मान्यताको समेत उपहास भएको महासंघको ठहर छ । महासंघ प्रेसविरोधी यो हर्कतको कडा शब्दमा भर्त्सना गर्दछ ।’’
सञ्चारमाध्यमको संवैधानिक अधिकारको ख्याल गर्न र यस्ता घटना नदोहोर्याउन महासंघले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको महासचिव दाहालले जनाएका छन् ।

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार

बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित


छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठान: उपराष्ट्रपति यादव

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
अरुपनि पढ्नुहोस
सबै

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने– ‘सामाजिक विभेद अन्त्य गरी एकता बढाउँछ’

अमेरिकी डलरको भाउ १५१.०९ रुपैयाँ, अन्य मुद्राको विनिमयदर
















