अपराध

सहकारी प्रकरणमा वडाध्यक्ष पक्राउ

नवलपुर टुडे
२०८१ पुस ८ | मध्यान्ह ०३:०९ बजे

काठमाडौँ। काठाडौंको चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन सहकारी प्रकरणमा पक्राउ परेका छन्। ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा उनलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो।

उनी उक्त सहकारीका कोषाध्यक्ष हुन् । काठमाडौँ जिल्ला प्रहरी परिसरअन्तर्गतको सोह्रखुट्टे वृत्तको टोलीले उनलाई पक्राउ गरेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ।

कमेन्टहरु