मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
दिप्शन गुरुङ


चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ति सुधार गर्नुपर्ने भएकाले यही पुस ७ देखि १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।
बिहान ११ देखि दिनको २ बजेसम्म सवारी रोकेर काम गर्न लागिएको नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका ई.विजय दरइले बताए । उनका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छन् ।
यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिने छन् । यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने उनने जानकारी दिए । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने मिलाएर छाडिने उनले बताए ।

मधेसमा नयाँ सरकार गठनका लागि दलहरूबिच छलफल तीव्र

जग्गाको कित्ताकाट खुलासँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा

प्रसूति भएपछि घर फर्किएकी खीनाको स्वास्थ्यमा अचानक समस्या, हेलिकप्टरमार्फत उद्वार

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने

न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन
अरुपनि पढ्नुहोस
सबै
तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च

चीन र क्यानडाबिच व्यापार सम्झौता विस्तार, ४० करोड क्यानेडियन डलरका वस्तुमा भन्सार छुट
















