लिबियाको तटबाट ४९९ आप्रवासीको उद्धार
दिप्शन गुरुङ


त्रिपोली, पुस २ गते । गत हप्ता लिबियाको तटबाट ३४ महिला र छ बालबालिकासहित ४९९ आप्रवासीलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सोमबार जनाएको छ ।
आईओएमले ८ देखि १४ डिसेम्बरसम्म ४९९ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको र २९ आप्रवासी बेपत्ता भएको जानकारी दिएको छ ।
यो वर्ष हालसम्म २१ हजार ३४३ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ, जुन गत वर्षको तुलनामा चार हजार बढी हो । आईओएमले यस वर्ष लिबिया र अन्य देशबाट आएकाहरूसहित मध्य भूमध्यसागर मार्गमा ६३५ जनाको मृत्यु र ९८२ हराएका आप्रवासीहरू रेकर्ड गरेको छ ।
सन् २०११ देखि धेरै आप्रवासीहरूले लिबियाबाट भूमध्यसागर पार गर्न युरोपेली किनारहरू छनाेट गरेका छन् ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















