बाजुरामा सहुलियत मूल्यमा चिनी बिक्रीवितरण सुरु

उमेश रोकाया


बाजुरा, मंसिर २० । बाजुरामा खाद्य संस्थानबाट सहुलियत मूल्यमा चिनी बिक्रीवितरण सुरु भएको छ । बिहीवारबाट जिल्लाको सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा र डिपो कार्यालय कोल्टीबाट चिनी बिक्रीवितरण सुरु भएको छ ।
नागरिकलाई सहुलियत मूल्यमा चिनी उपलब्ध गराउने उदेश्यका साथ मार्तडी र कोल्टीबाट एकसाथ बिक्रीवितरण सुरु गरिएको खाद्य संस्थान शाखा कार्यालय मार्तडीका प्रमुख उमेश भण्डारीले बताएका छन् । उनका अनुसार मार्तडी शाखा र कोल्टीमा २०।२० क्विन्टल चिनी पुगेर बिक्रीवितरण कार्य सुरु भइसकेको छ ।
हाल मार्तडी बजारमा चिनीमा प्रति केजी १ सय २० रहेकोमा मार्तडी खाद्य कार्यालयबाट १ सय १५ रुपैयाँमा चिनी बिक्रीवितरण भइरहेको उनले बताए । त्यस्तै कोल्टी बजारमा चिनीमा प्रति केजी १ सय २३ कायम रहेकोमा कोल्टी खाद्यबाट १ सय १८ रुपैयाँमा बिक्रीवितरण हुने गरेको छ । बजारमा चिनीको मूल्य आकाशीएका बेला खाद्य संस्थानबाट सहुलियत मूल्यमा चिनी बिक्रीवितरण भएपछि स्थानीयबासी खुसी भएका छन् ।

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै


तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
















