गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

नवलपुर टुडे

सारांश
- फेटा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार उमेश दुबेले स्थानीय सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै जनतामाथि गोली चलाएर उपचारको नाममा प्रचारबाजी गरिएको आरोप लगाएका छन्।
- अस्पतालको भवन उद्घाटनका क्रममा प्रहरीको गोलीबाट घाइते भएका नागरिकको उपचार गराउनुको सट्टा त्यसैलाई प्रचारको विषय बनाउनु दुःखद र घिनलाग्दो राजनीतिक प्रवृत्ति भएको उनको भनाइ छ।
- फेटा गाउँपालिकामा हैकमवादी शैली बढेको र जनप्रतिनिधिको विरोध गर्ने नागरिकमाथि बल प्रयोग भएको घटनाको नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने दुबेले बताएका छन्।

बारा, कात्तिक १९ । फेटा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार युवा नेता उमेश दुबेले स्थानीय सरकारको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै व्यङ्ग्यात्मक प्रश्न गरेका छन्, ‘गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन मेयर साब ?’ दुबेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत फेटा अस्पतालको भवन उद्घाटन समारोहका क्रममा भएको गोलीकाण्डलाई स्मरण गराउँदै स्थानीय नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
यस दैनिकसँग कुरा गर्दै दुबेले प्रहरीको गोलीबाट घाइते भएका नागरिकको उपचार गराउनु स्थानीय सरकारको दायित्व भए पनि त्यसैलाई प्रचारको विषय बनाउनु दुःखद र घिनलाग्दो राजनीतिक प्रवृत्ति भएको बताए । ‘आफ्नै जनतालाई पीडा दिएर फेरि उनीहरूको उपचारको प्रचारबाजी गर्न खोज्नु कस्तो खालको राजनीति हो ?’ भन्दै उनले प्रश्न गरे ।
फेटा गाउँपालिका लामो समयदेखि हैकमवादी शैलीमा सञ्चालन भइरहेको आरोप लगाउँदै उनले जनताको आवाजलाई बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गएको बताए । उनका अनुसार कुनै व्यक्तिले आत्महत्या गरेमा त्यसको कारण खोज्न र सम्भावित जिम्मेवार व्यक्तिमाथि अनुसन्धान गर्न प्रहरी प्रशासन सक्रिय हुने गरेको छ । तर, जनप्रतिनिधिको विरोधमा उत्रिएका नागरिकमाथि प्रहरी परिचालन गरी गोली चलाइएको घटनामा जिम्मेवारी र जवाफदेहिताको प्रश्न उठ्नु स्वाभाविक भएको उनको भनाइ छ ।
‘जनताको सेवा गर्न राजनीति गर्ने नेताहरू अहिले आफ्नै स्वार्थका लागि प्रहरी प्रशासनको प्रयोग गरेर राजनीति गर्न थालेका छन्,’ दुबेले आरोप लगाए । विशेषगरी फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीको कार्यशैलीप्रति टिप्पणी गर्दै दुबेले जनताको विरोधका बीच भएको गोलीकाण्डको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताए । उक्त घटनापछि नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा उल्टै आफ्नो प्रचारप्रसारमा लागेको देख्दा आश्चर्य लागेको उनको भनाइ छ ।
‘जनताको सुरक्षा र सम्मानभन्दा आफ्नो प्रचारलाई प्राथमिकता दिने राजनीति कदापि स्वीकार्य हुन सक्दैन,’ दुबेले भने ।
उनले स्थानीय सरकार जनताको अभिभावक बन्नुपर्नेमा जनतामाथि नै बल प्रयोग हुने अवस्था आउनु लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर चिन्ताको विषय भएको टिप्पणी गरे।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















