‘द्विपक्षीय हित र पारस्परिक लाभमा आधारित नेपाल–चीन सम्बन्ध’
दिप्शन गुरुङ


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उत्तरको छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको चारदिवसीय औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी चीन भ्रमणमा निस्किएका हुन् ।
आधुनिक नेपाल र चीनबीच दौत्य सम्बन्ध सन् १९५५ बाट सुरु भयो । चीनले सन् १९६० मा काठमाडौँमा तथा नेपालले सन् १९६१ मा बेइजिङमा दूतावास स्थापना गरे । पछिल्ला वर्षहरूमा दुवै देशहरूबाट उच्च तहका भ्रमण निरन्तर हुँदै आएका छन् । नेपाललाई एउटा शान्तिपूर्ण, समृद्ध र लोकतान्त्रिक गणतन्त्रात्मक देशका रूपमा चीनले व्यापार, शिक्षा, पर्यटन र भौतिक पूर्वाधारलगायत निर्माण क्षेत्रमा लगानी, अनुदानका क्षेत्रमा आर्थिक सम्बन्ध र सहयोग विस्तार गर्दै आएको छ ।
चीन विश्वकै उदयमान अर्थतन्त्र भएको छिमेकी मुलुक भएकाले नेपाले चीनबाट प्रशस्त लाभ प्राप्त गर्ने सम्भावना धेरै छ। सधैँ शान्त कूटनीति अङ्गाल्दै आएको चीनबाट नेपाल राजनीतिक स्थायित्व र समृद्धिको यात्रामा निरन्तर अघि बढिरहोस् भन्ने चाहना प्रकट हुँदै आएको छ ।
चीनबाट नेपाल आर्थिकका अतिरिक्त सूचना प्रविधिका क्षेत्रमा नवीनतम् प्रविधि हस्तान्तरण तथा यातायातको सम्पर्क सञ्जाल विस्तारमा सहयोगको अपेक्षा गरिएको छ । नेपालको आर्थिक विकासमा ठूलो सहयोग उपलब्ध गराउने मुलुकको सूचीमा चीन अग्रपंक्तिमा छ ।
काठमाडौँ–भक्तपुर ट्रली बस, हिमाल सिमेन्ट, हेटौँडा कपडा उद्योग, बुटवल धागो उद्योग, हरिसिद्धी इँटा टायल कारखाना, गोरखकाली रबर उद्योगलगायत दर्जनौँ उद्योग चिनियाँ सहयोगमा निर्माण भएका थिए । यस्तै चीनले नेपालको सडक पूर्वाधारमा पनि ठूलो गरेको गरेको छ । अरनिको राजमार्ग, काठमाडौँको चक्रपथ, निजामती अस्पताललगायत परियोजना चीन सरकारका सहयोगमा निर्माण भएका हुन् ।
चिनियाँ लगानी नेपाल कृषि, पर्यटन, उद्योग र ऊर्जा क्षेत्रमा छ भने सहयोग भने बहुआयामिक क्षेत्रमा भइरहेको छ । जुनसुकै कालखण्डमा नेपाललाई अप्ठ्यारो परेको अवस्थामा चीनले असल छिमेकीका रुपमा भरमग्दुर सहयोग गर्दै आएको छ । दुवै देशका नागरिक एकअर्काे देशको भ्रमण गर्ने सङ्ख्या पछिल्ला वर्षहरूमा बढेपछि नागरिकस्तरमा समेत सम्बन्ध झाँगिदै गएको अनुभूतिभएको छ ।
‘नेपाल–चीन सम्बन्ध घनिष्ठ, बलियो र भरपर्दाे छ’
महेन्द्रबहादुर पाण्डे, चीनका लागि पूर्व नेपाली राजदूत
नेपाल र चीन समस्यारहित पारस्परिक हितमा काम गर्ने भरपर्दा घनिष्ट मित्रकारुपमा रहेका छिमेकी मुलुक हुन्। चीन र नेपालबीचको सम्बन्ध भनेको द्विपक्षीय हित र पारस्परिक लाभमा आधारित सम्बन्ध हो । कहिलेकाहीँ अप्ठ्यारो परिस्थितिमा पनि चीनले नेपालाई सहयोग गरेको छ । विभिन्न मुलुकले चीनलाई अप्ठ्यारो पार्न खोज्दा नेपालले एक चीनको नीतिलाई दृढताका साथ अघि सार्दै आएको छ । हाम्राबीचका सम्बन्ध घनिष्ठ, बलिया र भरपर्दा छन् ।
नेपालको भूमिबाट चीनविरुद्ध कुनै गतिविधि नहोस् भन्ने अपेक्षा गर्छ । त्यस्तै एक चीन नीतिमा नेपाल अडिग रहन्छ भन्नेमा चीन विश्वस्त छ । त्यस हिसाबले भरपर्दाे मित्रका रुपमा नेपालाई हेर्छ । नेपाले पनि चीनविरुद्धको कुनै पनि गतिविधि हुन दिँदैनौँ । हाम्रो संसारमा कुनै शत्रु छैनन् । तर सम्बन्ध भने सबैसँग एकै खाले हुन सक्दैनन् । चीनले नेपालमा सधैँ राजनीतिक स्थिरता होस् भन्ने चाहन्छ । स्थिर सरकार बनोस्, अरुले खेल्ने मौका नपाओस् । समृद्धिमा जाओस् । भरपर्दाे सरकार रहोस् । विकास र समृद्धिका काम नेपालले छिटो अघि बढोस् भनी सहयोग गर्दै शुभेच्छा राख्दैआएको छ । नेपालप्रति चीन सधैँ सहयोगात्मक र सौहार्द धारणा राख्छ ।
‘शक्ति र व्यक्ति होइन, देशलाई हेरि व्यवहार गर्नुपर्छ’
–सुरेन्द्र कार्की, नेता, नेकपा (माओवादी केन्द्र)
इतिहासदेखि नै नेपालको निकट घनिष्ठ छिमेकी मुलुकका रुपमा चीन रहेको छ । हाम्रा दुवै छिमेकीले अहिले अभूतपूर्व आर्थिक विकास गरेको अवस्था छ । विगतमा चीन र भारत किनारमा रहेका यी देश अहिले केन्द्रमा रहन पुगेका छन् । जसले विश्व अर्थतन्त्रमा उनीहरूको उपस्थिति विशेष हुन पुगेको छ । उनीहरूसँगको सम्बन्धमा पुर्नभाषित गर्नुपर्ने अवस्था बनेको छ । यातायातका माध्यमबाट सम्पर्क सञ्जाल विस्तार गर्ने ध्येयले चीनले बिआरआई परियोजना अघि बढाएको छ ।
त्यसले राम्रो ‘ट्रान्जिट हब’ नेपाल बन्न सक्ने सम्भावना छ । त्यसका लागि चाहिने पूर्वाधार, प्रविधि र जनशक्ति हामीसँग छैन । नेपालले ती आवश्यकता परिपूर्ति गर्न चीनसँग कुराकानी गर्नुपर्छ । चीनले पुरानो मित्र र स्वभाविक रणनीतिक महत्वपूर्ण ठाँउमा रहेको देशका रुपमा नेपालाई हेर्छ । राजनीतिक स्थायित्व प्राप्त गरोस् भन्ने चाहन्छ । नेपालमा राजनीतिक अस्थिरतका कारण दरो र टिकाउ साथी पाइरहेको छैन । उसले राजनीतिक शक्ति र व्यक्तिलाई भन्दा देशलाई हेरेर व्यवहार गर्नुपर्छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















