Opens in a new tab

समाचार

त्रियुगा नगरपालिका– १२ को अध्यक्षमा माओवादीका राई विजयी

नवलपुर टुडे
२०८१ मंसिर १७ | बिहान ०८:०८ बजे

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नवीनकुमार वान्तवा राई निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले ९ सय २३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लक्ष्मी नारायण चौधरीले छ सय आठ मत पाए ।

आयोगका अनुसार नेपाली काँग्रेसका सञ्जीव काफ्लेले तीन सय ५९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का निर्मला चौधरीले तीन सय १२, राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुवप्रसाद पोखरेलले दुई सय दुई, स्वतन्त्र उम्मेदवार बजरङ्गीकुमार दासले ३०, जनमत पार्टीका प्रमोद मलाहा सहनीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबाबु साहले १७ र नागरिक उन्मुक्ति पार्टीका चन्द्रकला चौधरीले सात मत पाएको आयोगले जनाएको छ ।
 

कमेन्टहरु