पेट्रोलको मूल्य एक रुपियाँले बढ्यो

नवलपुर टुडे

सारांश
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपियाँले बढाएको छ ।
बढेको मूल्यअनुसार, पहिलो वर्गमा पेट्रोल प्रतिलिटर एक सय ५७ रूपियाँ ५० पैसा, दोस्रो वर्गमा एकसय ५९ रुपियाँ र तेस्रो वर्गमा एकसय ६० रूपियाँ तोकिएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ छन् भने तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल लगायतका स्थान छन् ।
निगमले हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर १५ का दरले वृद्धि गरेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपियाँका दरले वृद्धि गरिएको निमगले जनाएको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर १४ रूपियाँ ४९ पैसाले वृद्धि भएको भए पनि आम उपभोक्ताको हितलाई मध्यनजर गरेर हाललाई यथावत राखिएको निगमले उल्लेख गरेको छ ।

सप्तरी र सिरहाबाट ७० हजार बराबरको पटका बरामद

चार सय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी बाहिरिए

चोरीको मोटरसाइकलसहित रौतहटका युवक भारतमा पक्राउ

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन
अरुपनि पढ्नुहोस
सबै
बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको चाप उच्च

पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना

बूढीगण्डकी बाढी : ५८ परिवार होल्डिङ सेन्टरमा, सामूहिक भान्सा सञ्चालन

चाडपर्व लक्षित सडक मर्मतलाई तीव्रता















