चितवन चौकीडाँडाको विद्यालय छ दशकपछि पक्की भवन निर्माण, रेनु दाहालले गरिन उद्घाटन

नवलपुर टुडे


चितवन, मंसिर १५ । चितवनको चौकीडाँडामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय स्थापना भएको झण्डै छ दशकपछि पक्की भवन निर्माण भएको छ । भरतपुर महानगरपालिकाले करिव ५५ लाख रुपैयाँ खर्चेर चार वटा कक्षा कोठा सहितको भवन निर्माण गरेको हो । विसं २०२४ सालमा स्थापना भएको विद्यालयमा करिब छ दशकपछि नयाँ पक्की भवन निर्माण गरेको भरतपुर महानगरपालिकाले जानकारी दिएको छ । भरतपुर महानगरपालिककै दुर्गममा पर्ने यो विद्यालयको नयाँ भवनको समेत उद्घाटन गरिएको छ ।
आज (शनिवार) एक कार्यक्रमका बिच महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् । कार्यक्रममा बोल्दै दाहालले विद्यालयको भौतिक संरचनामा सुधार भएकाले गुणस्तरिय शिक्षामा जोड दिन शिक्षकलाई अनुरोध गरेकी छिन् । महानगरपालिका भइसकेपछि जिर्ण भएको विद्यालयमा जस्तापाता फर्नेदेखि पक्की भवन समेत निर्माण गरिएको बताईन् । उनले विद्यालयमा विद्यार्थीहरुको आक्रर्षित गर्न शिक्षकलाई अनुरोध समेत गरेकी छन् ।
यस विद्यालयमा दुई वर्षअघिसम्म कक्षा आठ सम्म पढाई सञ्चालन हुँदै आएको थियो । भरतपुर महानगरपालिकाले अहिले कक्षा १० सम्म पढाइ सञ्चालन गर्न अनुमति दिएको छ । यस विद्यालयका विद्यार्थीले पहिलोपटक एसईईको परीक्षा दिने समेत उनले बताइन् । यसअघि यहाँका अधिकांश विद्यार्थीले कक्षा ८ पास गरेपछि पढाई छाड्ने गरेका थिए । अव त्यो समस्या हट्ने महानगरपालिकाको विश्वास रहेको छ । अहिले कक्षा १० मा १४ जना विद्यार्थी रहेका छन् ।
यहाँबाट नजिकको विद्यालय जुगेडीमा रहेको कविलास राष्ट्रिय मध्यमिक विद्यालय हो । त्यहाँको दुरी करिब १७ किलोमिटर छ । केही विद्यार्थीले कोठा खोजेर पढ्दै आएका थिए । अहिले ८ पास गरेर बिचमा पढाई छाड्नुपर्ने बाध्यता हटेको उनले बताइन् ।
यहाँ १ सय २२ जना विद्यार्थी भर्ना भएका छन् । शिक्षक र कर्मचारी गरेर १४ जना रहेका छन् । चौकीडाँडा भरतपुर महानगरपालिकाकै दुर्गममा पर्दछ । नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट करिब १० किलोमिटर दुरीमा छ । यहाँका शिक्षकलाई मासिक २ हजार प्रोत्साहन भत्ता समेत दिँदै आएको छ । यहाँ शिक्षकलाई बस्नका लागि भने आवासको व्यवस्था छैन । बस्न आवासको व्यवस्था गरिदिन शिक्षकले माग गरेका छन् । नारायणी अनलाईनबाट


सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















