सिराहा सेवा समाज कतारको ९ औ अधिवेशन १३ डिसेम्बरमा हुँदै

उमेश रोकाया


रामएकवाल राम
दोहा, मंसिर १३ । सिराहा सेवा समाज कतारको ९ औं अधिवेशन तथा विविध संस्कृतिक कार्यक्रम अगामी १३ डिसेम्बर २०२४ मा हुने भएको छ। अधिवेशन सनैयाको फुलबारी रेस्टुरेन्टको सभाहलमा अगामी १३ डिसेम्बर शुक्रबारका दिन जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश कुमार महतोको प्रमुख आतिथ्यतामा हुने संस्थाका कार्यवाहक अध्यक्ष जयप्रकाश यादवले जानकारी दिए।कतारमा नेपाली सामाजिक संस्थाहरु मध्ये मधेश प्रदेशको जेठो संस्थाको रुपमा स्थापित सिरहा सेवा समाज कतारको आठौ कार्यकाल सफलता पुर्वक सम्पन्न गर्दै ९ औं अधिवेशनको लागि संस्थाका सम्पूर्ण पदाधिकारिहरु तिब्र तयारीमा जुटेका कार्यवाहक अध्यक्ष यादवले बताए।
सिराहा सेवा समाजको चाहना, सभ्य, समृद्ध समाजको स्थापना भन्ने मूल नाराका साथ सन् २००६ मा स्थापना भएको संस्थाले विभिन्न आरोहअवरोहहरु पार गर्दै ९ औ अधिवेशनको सम्मुखमा आइपुगेको छ । गृह जिल्ला सिराहा र कतारमा सामाजिक कार्यमा सकृय रही विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग गरिसकेको बताए। कतारमा विभिन्न पेसामा आवद्ध रहेका सिरहालीहरुको भव्य उपस्थिति रहने अपेक्षा सहित संस्थाको ९ औ अधिवेशनको अन्य व्यवस्थापकीय तयारीमा जुटेको हुँदा कतारमा रहेका सम्पुर्ण नेपालिहरुलाइ कार्यक्रममा उपस्थित भएर भव्य रुपले सफल बनाइदिन अनुरोध गरेका छन।

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै


तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
















