अर्थ

आजदेखि बंगलादेश निर्यात हुदै ४० मेगावाट बिजुली

नवलपुर टुडे
२०८१ कार्तिक ३० | बिहान १०:०७ बजे

काठमाडौं । भारतले अन्तिम समयमा स्वीकृति दिएपछि आज (शुक्रबार) ४० मेगावाट बिजुली बंगलादेश निर्यात गरिने भएको छ । गएको असोज १७ गतेको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्रीका निम्ति पठाएका दुई आयोजनामा भारतले स्वीकृति दिएको हो ।

योसँगै कात्तिक ३० गते (आज) एक दिन बिजुली बंगलादेश निर्यात गरिनेछ । नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्न पाउने सम्झौता छ । अन्तिम समयमा स्वीकृति पाएसँगै आज दिउँसो बिजुली पठाउन लागिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

प्राधिकरणले बंगलादेश निर्यातका निम्ति चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाको नाम प्रस्ताव गरेको थियो । यी दुवै यसअघि भारतीय बजारमा बिक्री भइरहेका आयोजना समेत हुन् । बंगलादेशमा विद्युत् निर्यात गर्न भारतको समेत स्वीकृति आवश्यक हुने सम्झौता छ ।

कमेन्टहरु