महिला टिमकी डिफेन्डर पूजा चितवनमा सम्मानित

नवलपुर टुडे


चितवन । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर पूजा राना मगर चितवनमा सम्मानित भएकी छन् । युनिक क्लब बसेनीले आज पूजालाई सम्मान गरेको हो ।
क्लबले भरतपुर ११ कैलाश टोलस्थित मैदानमा आयोजित सम्मान तथा चियापान कार्यक्रममार्फत पूजालाई नगद दश हजार रुपैयाँसहित सम्मान पत्रले सम्मान गरेको हो । नेपाली महिला फुटबलमा पुराएको योगदानको उच्च मुल्याङ्कन गर्दै पूजालाई सम्मान गरिएको क्लबका अध्यक्ष दीपक गुरुङले जानकारी दिए ।
हालै मात्र काठमाडौंमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनलमा सम्म पुराउन पूजाले महत्त्वपूर्ण योगदान गरेको गुरुङले बताए । उनले आगामी दिनमा नेपाली महिला फुटबललाई थप उचाईमा पुराउन पूजाको महत्त्वपूर्ण भूमिका रहने समेत विश्वास व्यक्त गरे ।
सो अवसरमा पूजाले हालै सम्पन्न साफमा खेलाडीहरुले निकै मेहेनत गरेको बताईन् । आगामी दिनमा थप उत्कृष्ट प्रदर्शन गर्दै सम्पूर्ण नेपालीको मुहारमा खुशी ल्याउन सक्दो प्रयास गर्ने उनको भनाई थियो । उनले यो सम्मानले आफ्नो खेल जीवनमा थप हौसला प्रदान गर्ने बताईन् ।
सन् २०१९ मा राष्ट्रिय महिला फुटबल टिममा डेब्यु गरेकी पूजा त्यसयता नेपाली टिमको नियमित सदस्यको रुपमा रहदै आएकी छन् । महिला टिमकी उत्कृष्ट डिफेन्डर पूजाले नेपाल पुलिस क्लबबाट खेल्दै आएकी छन् ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















