मानव तस्करीका आरोपित प्रदेशसभा सदस्य लीलावल्लभ अधिकारी एमालेबाट निलम्बित

नवलपुर टुडे


काठमाडौं । मानव तस्करी मुद्दामा जोडिएका कोसी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभा सदस्य लीलावल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरिएको छ ।
शनिबार च्यासलमा बसेको नेकपा (एमाले) सचिवालय बैठकबाट हालका निम्ति उनलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय सदर गरिएको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।
“…त्यो प्रश्नको कानुनी निरूपण नभएसम्मका लागि कोसी प्रदेश कमिटीले उहाँलाई पार्टीका सबै जिम्मेवारीहरू र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने जुन निर्णय गरेको छ, त्यो निर्णयलाई अनुमोदन गर्दै उहाँलाई सबैखाले जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ,” सचिवालय बैठकका निर्णय सुनाउँदै ज्ञवालीले भने ।
प्रदेश मन्त्रीको विदेश भ्रमण पनि संघीय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्नेमा उनी आफूखुसी जापान गएको पाइएको थियो । उनीसँगै तीनजना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको थियो ।
संघीय र प्रदेश सरकारको अनुमतिबेगरै उनी यही कात्तिक १३ गते जापान गएका थिए । टोकियो विमानस्थलमा उनलाई ४८ घण्टा राखेर फिर्ता गरेको पाइएको थियो । उनी नेपाल फर्कनासाथ मन्त्री पदबाट राजीनामा दिएका थिए ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















