अमेरिकी डलरमा फेरि नयाँ रेकर्ड, एक डलरको १३५ रुपैयाँ नाघ्यो

नवलपुर टुडे


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।
पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । सोही क्रममा डलरको विनिमय दरले निरन्तरजसो नयाँ रेकर्ड बनाउँदै आएको हो । यसअनुसार बुधबार एक अमेरिकी डलरको विनिमय दर १३४.८८ रुपैयाँ थियो । मंगलबार यस्तो दर १३४.८९ रुपैयाँ पुगेको हो । राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको खरिद मूल्य १३४.५६ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंकका अनुसार ०८१ असार मसान्तको तुलनामा गत भदौ मसान्तमा अमेरिकी डलरसाग नेपाली रुपैयाँ ०.४ प्रतिशतले अवमूल्यन भएको छ । गत वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.२ प्रतिशतले अवमूल्यन भएको थियो । ०८१ भदौ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३३.९३ रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा उक्त विनिमय दर १३३.३६ रुपैयाँ थियो ।
पछिल्ला दिनमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । यद्यपि हालैको राष्ट्रपतिको निर्वाचनका कारण डलरको भाउ अपेक्षित रूपमा बढ्न सकेको थिएन । लगानीकर्ताले निर्वाचनको नतिजा पर्खेकाले पर्ख र हेरको अवस्थामा थिए । बुधबारसम्म अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला हृयारिसमाथि विजय प्राप्त गरिसकेका छन् ।
यो नतिजापछि लगानीकर्ताको आकर्षण डलरमा बढेको बताइएको छ । ट्रम्पले आफ्नो चुनावी घोषणापत्रमा अमेरिकी डलरलाई पुनः रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने उल्लेख गरेका छन् । अब उनी फेरी राष्ट्रपति भएपछि घोषणापत्रमा उल्लेख गरेअनुसार डलरलाई रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने अनुमानका आधारमा लगानीकर्ताको डलरप्रति आकर्षित बढेको जानकारहरू बताउँछन् ।
राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै अमेरिकी डलरको भाउ बढ्ने भएकाले विश्व बजारमा सुनको मूल्य घट्ने सम्भावना रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘ट्रम्पले आफू निर्वाचित भएपछि डलरलाई पुनः रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने चुनावी घोषणपत्रमा उल्लेख गरेका छन्,’ उनले भने, ‘अब उनी निर्वाचित भएसागै डलरको भाउ बढ्ने र सुनको घट्ने सम्भावना देखिन्छ ।’ यद्यपि राष्ट्रपतिका रूपमा दोस्रो कार्याभार सम्हालेपछि ट्रम्पले डलरको सम्बन्धमा कस्तो नीति लिन्छन, त्यसका आधारमा सुनको मूल्य निर्भर रहने शाक्यको भनाइ छ ।
अमेरिकी डलरको भाउ बढोस वा घटोस त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पर्दैन । तर, डलरको भाउमा आएको उतारचढाबले भारतीय मुद्रा (भारु) प्रत्यक्ष प्रभावित हुने र त्यसको असरले नेपाली मुद्रा बलिया वा कमजोर हुने जानकारहरू बताउँछन् । नेरु र भारुबीच स्थिर विनिमय दर छ । यससँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । बुधबार राति ११ बजे (नेपाली समय) सम्म एक अमेरिकी डलरको विनिमय दर भारु ८४.३२ पुगेको छ । पछिल्ला केही सातायता डलरको तुलनामा भारु पनि अवमूल्यन हुँदै आएको छ । यो हालसम्मकै उच्च हो ।
नेपाललाई लाभ
डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुादा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् । डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पर्छ ।
यसरी रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । अहिले रेमिट्यान्स बढिरहनुको एउटा कारण अमेरिकी डलर बलियो हुनु पनि भएको जानकार बताउँछन् । यद्यपि असोज र कात्तिक दसैं र तिहारको महिना भएकाले डलरको भाउ बढ्दा नेपाल आउने रेमिट्यान्स आप्रवाहमा भने सकारात्मक प्रभाव परेको उनीहरूको अनुमान छ ।
नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सक्थ्यो । अहिले न त पर्यटक अपेक्षित रूपमा बढाउन सकिएको छ, न त निर्यात नै बढाउने सम्भावना छ । यसकारण डलर बलियो भएको लाभ नेपालले खासै लिन नसकेको जानकार बताउँछन् ।
नेपाललाई हानी
डलरको भाउ बढ्दा सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ । यद्यपि पछिल्ला महिनाहरूमा आयात धेरै बढ्न नसकेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व त्यत्ति बढेको छैन । यस्तै, डलरको मूल्य बढ्दा विदेशमा अध्ययन, भ्रमण, स्वास्थ्य उपचारमा धेरै रकम खर्चिनुपर्ने हुन्छ ।
विदेशी लगानी फिर्ता, विदेशी लगानीको लांभाश वितरणलगायतमा पनि धेरै रकम खर्चिनु पर्ने जानकारहरू बताउँछन् ।

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले प्रस्तुत गर्यो १०६ रनको सामान्य लक्ष्य

छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि

मधेसमा नयाँ सरकार गठनका लागि दलहरूबिच छलफल तीव्र

जग्गाको कित्ताकाट खुलासँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा

प्रसूति भएपछि घर फर्किएकी खीनाको स्वास्थ्यमा अचानक समस्या, हेलिकप्टरमार्फत उद्वार
अरुपनि पढ्नुहोस
सबै
पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने

न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
















