आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको कारोबार मूल्य हिजोकै यथावत छ। अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्राको मूल्य थोरै घटेको छ भने कुबेती दिनार, युरोसहित केही मुद्राको मूल्य भने बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा छ। विगत ६ दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।
त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०८ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४२ पैसा थियो।
त्यसैगरी आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ३० पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ०७ पैसा थियो।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा थियो।
त्यसैगरी आज कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६३ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६० पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०२ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६२ पैसा कायम भएको छ। हिजो पनि बहराइन दिनार यही मूल्यमा कारोबार हुँदै आएको थियो।
हेर्नुहोस् सबै विदेशी मुद्राको सूची


























