राजनीति

नवलपुरमा जसपा नेपालको जिल्ला समिति पुनर्गठन

नवलपुर टुडे
२०८१ कार्तिक ११ | मध्यान्ह ०६:०७ बजे

गैडाकोट । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवलपुर जिल्ला समिति गठन भएको छ ।

नवलपुरको गैडाकोटमा आयोजित विस्तारित बैठकबाट ओमबहादुर रानाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरिएको पार्टी प्रचार विभागले जानकारी दिएको छ । जसपाले पार्टीका उपाध्यक्ष शिवलाल थापाको उपस्थितिमा सो समिति पुनर्गठन गरेको हो ।

जसपा नेपालको चार महिने आधारभूत संगठन निर्माण अभियानअन्तर्गत गण्डकी प्रदेश समितिले प्रदेशअन्तर्गतका जिल्लामा संगठन गठन, पुनर्गठन गर्ने तथा विस्तारित बैठकको आयोजना गर्ने काम गरिरहेको छ ।

यसअघि तनहुँ जिल्लाको विस्तारित बैठक सम्पन्न गरिएको थियो । प्रदेश अन्तर्गतका पार्टीका केन्द्रीय नेताहरु पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटिएका छन् ।

 

कमेन्टहरु