Opens in a new tab

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

नवलपुर टुडे

429Shares

सारांश

  • नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा परि २० वर्षीय उसमान पठानको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो भने अन्य चार जना घाइते भएका छन्।
  • घाइतेहरूलाई परासीको सामान्य उपचारपछि थप उपचारका लागि बुटवलस्थित विभिन्न अस्पतालमा रिफर गरिएको छ।
dida bag ad

परासी । नवलपरासीमा तीन मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाईते भएका छन । बिहिवार साझ १८:१० बजे नवलपरासीको पाल्हीनन्दन गाउँपालिका- ३ बेलासपुरस्थित गोपिगंज गण्डक नहरको भित्रि सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको युपि ५३ बिभी ९७५३ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको युपि ५६ एक्स ०३३४ नम्वरको मोटरसाइकल एकआपसमा ठोक्किदा, पुर्वबाट पश्चिम तर्फ आउदै गरेको युपि ५६ एक्स २९४४ नम्बरको मोटरसाइकलसमेत ठोक्किएक थियो।

दुर्घटनामा पाल्हीनन्दन गाँउपालिका- ४ लोहरौली बस्ने बर्ष २०।२२ को उसमान पठानलाई उपचारका लागि जिल्ला अस्पताल परासी पुर्‍याउदा १९:०८ बजे डाक्टरले मृत्यु घोषण गरेको हो । उनक्क शव सोही अस्पतालमा राखिएको छ ।

घाईतेहरु रामग्राम नगरपालिका- १७ पिपरहवा बस्ने बर्ष १९ को ईसराफिल अंसारी, रामग्राम नगरपालिका-१७ पिपरहवा बर्ष ३९ को प्रमोद तेली, पाल्हीनन्दन गाउँपालिका- ३ बेलाशपुर बस्बे बर्ष १६ को मोहम्मद राजा पठान रहेका छन । भने पाल्हीनन्दन गाउँपालिका- ४ लोहरौली बस्ने बर्ष १८ को फिरोज अली देवानलाई प्रहरीले नियन्त्रणमा लिएका छन । उनी पनि घाईते छन ।

घाईतेहरुलाई जिल्ला अस्पताल परासीमा समान्य उपचार पश्चात थप उपचारका लागि बुटवलस्थित विभिन्न अस्पतालमा रिफर गरिएको कार्यालयका सुचना अधिकारीले जनाएको छ ।
।

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

किवीले दिएको सफलताको स्वाद

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे