आज काठमाडौंमा माओवादीको खबरदारी सभा, जुलुसको नेतृत्व प्रचण्डले गर्दै

नवलपुर टुडे


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आज (शनिबार) काठमाडौँमा खबरदारी सभा आयोजना गर्ने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको १०० दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको हो ।
काठमाडौँको भृकुटीमण्डपमा सभा हुन लागेको माओवादी नेताहरूले बताएका छन् । बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन माओवादीले नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । काठमाडौँका विभिन्न स्थानमा जुलुस प्रदर्शन गर्दै भृकुटीमण्डपमा सभा गर्ने माओवादीले जनाएको छ ।
कांग्रेस–एमाले गठबन्धनको सरकार गठन भएपछि सत्ताबाट बाहिरिएको माओवादीले पहिलो पटक सरकारविरुद्ध खबरदारी सभा गर्न लागेको हो । भृकुटीमण्डपमा आयोजना हुने सभाअघि काठमाडौं मलबाट जुलुस निकालिने माओवादीले जनाएको छ । ११ बजेपछि त्यहाँबाट सुरु हुने जुलुसको नेतृत्व अध्यक्ष प्रचण्डले गर्नेछन् । प्रदर्शन र सभा रचनात्मक र शान्तिपूर्ण रुपमा गरिने माओवादीले जनाएको छ ।

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
अरुपनि पढ्नुहोस
सबै
‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते
















