राजनीति

सत्तारुढ दलहरूको बैठक बालुवाटारमा सुरु

नवलपुर टुडे
२०८१ कार्तिक ७ | बिहान १०:०७ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको हो।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले आज दिउँसो २:३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सरकारको १०० दिने उपलब्धी सार्वजनिक गर्ने तयारी रहेको छ।

सत्तारुढ दलहरूको बैठकमा पनि १०० दिनको समीक्षा तथा आगामी कार्ययोजनाका विषयमा छलफल भइरहेको जनाइएको छ।

कमेन्टहरु