सेन्ट्रल ग्रुपले विभिन्न देशमा व्यवसायीक प्रबद्र्धन गर्दै, अध्यक्ष पौडेलको चार महिने यात्रा सुरु

नवलपुर टुडे


कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेल व्यवसायीक प्रबद्र्धनका लागि मंगलबार युके प्रस्थान गर्नुभएको छ । उहाँले युकेसंगै जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा, साउथ कोरिया र युरोपका विभिन्न देशमा चार महिना व्यवसायीक प्रबद्र्धनका कार्यक्रम गर्नुहुनेछ । ‘विश्वका विकसित देशहरुमा रहेका कलेज युनिभर्सिटीसंग छलफल र सहकार्यका बिषयमा कार्यक्रम आयोजना हुनेछ,उहाँले भन्नुभयो,यसले कलेजलाई थप विश्वासिलो र भरपर्दो बनाउन सहयोग पु¥याउनेछ ।’
सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा, दक्षिण कोरिया, लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा, भिसा प्रोसेसिङ र तालिमका कक्षाहरु संचालन गर्दै आइरहेको छ । मुख्य कार्यालय चितवनको भरतपुर ओरालोमा रही विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर, तनहुँ लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ । ग्रुपले सेन्ट्रल मोडेल कलेज मार्फत त्रिभुवन विश्वविद्यालयको व्याचलर प्रोग्राम अन्तर्गत बिएचएम र बिआइएमका कक्षा संचालन गरिरहेको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















