रवि पक्राउको विरोधमा आज तेस्रो दिनपनि प्रदर्शन

नवलपुर टुडे
२०८१ कार्तिक ५ | मध्यान्ह ०२:०७ बजे

पोखरा । सहकारी ठगी र संगठित अपराधको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा सोमबार पनि प्रदर्शन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले तीन दिनदेखि सभापति लामिछानेलाई पक्राउको विरोधमा प्रदर्शन जारी राखेको हो ।
सोमबार पोखरा पृथ्वीचोकमा भेला भएर केहीबेर नाराजुलुस गरेपछि र्याली निकालिएको छ । र्याली पृथ्वीचोकबाट नयाँबजार हुँदै चिप्लेढुँगास्थित मानव अधिकार चोकतर्फ लागेको छ ।
शुक्रबार काठमाडौँमा पक्राउ परेका लामिछानेलाई शनिबात जिल्ला प्रहरी कार्यालय कास्की ल्याइएको थियो । रवि समर्थकले शनिबार बिहानदेखि नै विरोध प्रदर्शन गरिरहेका छन् । आइतबार पीडित सहकारीका बचतकर्ताले पनि विरोध प्रदर्शन गरेका थिए ।






















