रवि पक्राउ परेपछि एमाले सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो। शुक्रबार रविलाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेर कास्की लगेको छ। यसअघि गत असोज २४ गते पार्टी कार्यालय च्यासलमै सचिवालय बैठक बसेको थियो। सो बैठकले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो।
लगत्तै, व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा भोलिपल्टै एमालेले पार्टी कार्यालयको शिलान्यास गरेको थियो। त्यसयता, एमालेको उक्त कदमको चर्को आलोचना हुँदै आएको छ। एमालेले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीलाई जिताउन लागि आगामी कार्तिक २२ गतेसम्म तल्ला कमिटीहरूले त्यससम्बन्धी आवश्यक निर्णय गरेर केन्द्रिय कार्यालयमा पठाइसक्न आह्वान पनि गरिसकेको छ।
























