माओवादी एकताबद्ध भए ६४ साल दोहोरिन्छ : महासचिव विप्लव

नवलपुर टुडे
२०८१ कार्तिक ३ | मध्यान्ह ०६:०७ बजे

चितवन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी एकताबद्ध भए ६४ साल दोहोरिने बताएका छन्। जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्ने उल्लेख गर्दै त्यसका लागि क्रान्तिकारीहरूको एकता आवश्यक रहेको बताए।
त्यस्तै माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौं यौद्धाको बलिदानबाट प्राप्त संविधान कसैले दायाँबायाँ गर्न नपाउने उल्लेख गर्दै अब माओवादी र बामपंथी एकताबाट समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताए।
त्यस्तै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जनयुद्धको जगमा जनतन्त्रको एजेन्डा पूरा भएको उल्लेख गर्दै अब जनाजीविकाको सवाललाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताए। उनले माओवादी आन्दोलनलाई एकताबद्व गरेर समाजवादी क्रान्तिलाई अगाडि बढाउनुपर्ने बताए।






















