अध्यक्ष प्रचण्ड र चन्द चितवनको एउटै मञ्चमा : पार्टी एकतामा जोड, ०८४ मा ०६४ फर्काउने अठोट

नवलपुर टुडे
२०८१ कार्तिक ३ | मध्यान्ह ०४:०७ बजे

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द शनिबार चितवनमा एउटै मञ्चमा उभिएर पार्टी एकतामा जोड दिएका छन् ।
भरतपुर–१३ चम्पानगरमा भएको माओवादीका बेपत्ता योद्धा दण्डपाणी न्यौपानेको स्मृति भवन निर्माणका लागि आयोजित सांस्कृतिक कार्यक्रममा दाहाले भने, ‘ठूलो छाती लिएर एकतामा जानेछु, आउँदो ८४ लाई ६४ मा फर्काउने जोडमा छु ।’ उनले आउँदो ०८४ सालमा ०६४ सालको निर्वाचनमा जस्तै माओवादीलाई पहिलो पार्टी बनाउने भन्दै ०८४ र ०६४ सालको कुरा गरेका हुन् ।
दाहालबाटै अलग भएका चन्दले पनि ‘माओवादी धार एक भए ०५२ साल त हैन, ०६४ साल पक्कै पनि आउने’ बताएका थिए ।






















