‘रवि लामिछाने जुनसुकै बेला पक्राउ पर्न सक्ने’

नवलपुर टुडे


काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिने तयारी गरेको छ। संसदीय छानबिन समितिको प्रतिवेदनले गोरखा मिडिया नेटवर्कका सञ्चालकहरू सहकारीको रकम दुरुपयोगमा संलग्न रहेको ठहर गरेको छ।
गोरखा मिडियाका चारजना सञ्चालकमध्ये छवि जोशी दसैँअघि नै पक्राउ परेर अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। अब लामिछानेलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकार तयार रहेको र उनलाई जुनसुकै बेला पक्राउ गर्न सकिने स्रोतले देश सञ्चारलाई जानकारी दिएको छ।
‘उहाँलाई पनि अनुसन्धानको दायरामा ल्याएर संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ भन्ने आवाज सरकारमा रहेको दलभित्र निरन्तर उठिरहेको छ। उनी जुनसुकै बेला पक्राउ पर्न सक्छन्,’ स्रोतले भन्यो।
गोरखा मिडिया नेटवर्कमा सहकारीबाट गैरकानुनी रुपमा ६५ करोडभन्दा बढी ल्याएर अपचलन गरिएको एमाले सांसद सूर्य थापा नेतृत्वको छानबिन समितिको निष्कर्ष छ।
लामिछानेलाई छविसँगै पक्राउ गर्ने तयारी गरिएपनि अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनका कारण रोकिएको थियो। प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिने तयारी गरेपछि प्रतिपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा बसेको छ। बैठकको एजेण्डा समसमयिक विषय भनेपनि लामिछानेको विषय बैठक केन्द्रित रहने एक नेताले जानकारी दिए।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















