प्रचण्डले बोलाएको प्रतिपक्षी दलदलको बैठकमा सत्तामा रहेका महन्थ ठाकुर सहभागी

नवलपुर टुडे
२०८१ कार्तिक २ | बिहान १०:०७ बजे

काठमाडौँ । प्रतिपक्षी दलहरूको भनिएको बैठकमा सत्तापक्षमा रहेका लोसपा नेपालको समेत सहभागिता रहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वान शुक्रबार बानेश्वरमा बसिरहेको बैठकमा उनको पनि सहभागिता रहेको छ । तर, लोसपाका नेताहरु ठाकुर विपक्षी दलको बैठकमा किन गए भन्नेमा अनविज्ञ देखिए ।
लोसपाका एक नेताले भने, ‘उहाँ पीए पनि नलिइकन बैठक जानु भएको खबर छ । किन जानु भयो फर्किएपछि थाहा होला !’ प्रचण्डको सचिवालयका सदस्य नरेन्द्र केसीले आज बसिरहेको बैठक विपक्षी दलकै भएको बताए । तर, ठाकुरको सहभागिता बारे आफूलाई थाहा नभएको उनको भनाइ छ ।
लोसपाबाट केपी ओली नेतृत्वको सरकारमा शरतसिंह भण्डारी मन्त्री छन् ।






















