गढिमाई नगरपालिकामा एमालेको शुभकामना एवम पार्टी प्रबेश कार्यक्रम सम्पन्न


राैतहट । राैतहट जिल्लाकाे गढिमाई नगरपालिका वडा नम्बर-८ मा नेकपा एमालेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएकाे छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा स्थायी कमिटी सदस्य लिला नाथ श्रेष्ठकाे प्रमुख आतिथिथ्यमा साे कार्यक्रम सम्पन्न भएकाे हो।
श्रेष्ठले पार्टी प्रवेश कार्यक्रममा बाेल्दै देशका सम्पूर्ण कार्यमा नेकपा एमालेकाे विकास र समबिधि प्रतिसहकार्य रहेका छन । नेपालकाे ईतिहासमा कुनै पनि पार्टीले गर्न नसकेको कार्य नेकपा एमालेले गरेको बताए । राैतहट जिल्लाकाे यस नगरपालिकामा नेकापा एमालेकाे लालकिलाका रूपमा रहेकाे ठाउँलाई पुर्ण आउन लागेका स्थानीय तहको उपनिर्वाचनमा नेकपा एमाले पार्टीवाट महिला उम्मेदवारकी रूपमा रहेकी जिउती देबिलाई निर्वाचित गराई ऐतिहासिक लालकिला काे रूपमा साबित गराउन आग्रह गरेका छन ।
बिगतका स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टीबाट निर्वाचित साे वडाका वडा अध्यक्ष रामज्ञा यादबको क्यासरबाट ग्रसित भई मूत्यु भएपछि पुन साे वडामा उपनिर्वाचन हुने भएकाले जनता समाजवादी पार्टी प्रतित्याग गरि महिला नेतृकाे अध्यक्षतामा सयौँ जनाले नेकपा एमाले पार्टी प्रवेश गरेका छन ।
साे कार्यक्रम गढिमाई नगरपालिकाकाे नगर अध्यक्ष रामाकान्त यादबकाे अध्यक्षतामा सम्पन्न भएका छन । साे कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कुनदन कुशवहा, केन्द्रीय सदस्य उद्वबरेगमि, केन्द्रीय सदस्य रेखा झा, मधेस प्रदेश सचिब आर्ती भण्डारी लगायतका नेताकाे उपस्थिति रहेका थियो ।
पार्टी प्रवेश गर्नेमा सुरेश यादब, रमेश यादब, दिनेश अशाेक, भिखारी, बिजेन्द्र यादब, नबल यादब, जयराम साह र राधेश्याम चाैरसिया रहेका छन ।






















