तनहुँ कारागारका कैदीबन्दीलाई दसैँको टिका

नवलपुर टुडे


तनहुँ, असोज २६ । तनहुँ कारागारका कैदीबन्दीलाई नेपालीहरुको महानपर्व विजया दशमीको अवसरमा आज टिका तथा जमरा लगाउने अवसर पाएका छन् ।
कैदीबन्दीका परिवारजन तथा आफन्त आएर कारागारमै आज विहान सात बजेदेखि नै टिका लगाउन सुरु गरिएको हो । कारागारका महिला र पुरुष दुबैलाई विजया दशमीको टिका तथा जमरा लगाउने अवसर प्रदान गरिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीले भन्नुभयो, “दसैँ मनाउन नपाएर खल्लो नहोस् भन्नको लागि इच्छुक सबैको लागि दसैँको टिका लागउने अवसर प्रदान गरेका छौं ।” अधिकारीका अनुसार तनहुँ कारागारमा २६ महिला र दुई सय ९९ पुरुष गरी तीन सय २५ जना कैदीबन्दी रहेका छन् । यसगरी महिला बन्दीगृहमा दुई जना आश्रित बालबालिका आमासँग रहेका छन्।
आज साँझ ५ बजे सम्म टिका लगाउने समय प्रदान गरिएको कारागार प्रशासनले जनाएको छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















