नवलपरासीबाट लागुऔषधसहित ५ जना पक्राउ


नवलपरासी । पश्चिम नवलपरासीबाट प्रतिबन्धित लागुऔषधसहित ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा रामग्राम नगरपालिका- १२ बस्ने वर्ष ५५ को पुरस्कार थारू, पाल्हिनन्दन गाउँपालिका- ४ बस्ने वर्ष २१ को प्रमोद कुमार कसौधन, पाल्हिनन्दन गाउँपालिका- २ बस्ने वर्ष १८ को अनुप कुमार गौतम, पाल्हिनन्दन गाउँपालिका- ५ बस्ने वर्ष १८ को राज कुमार जयसवाल र पाल्हिनन्दन गाउँपालिका- ६ बस्ने वर्ष १८ को धिरज अग्रहरी रहेका छन ।
उनीहरु मध्ये पुरस्कार थारुलाई रामग्राम नगरपालिका- १२ पंचगावास्थितबाट खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको हो । त्यस्तै पाल्हिनन्दन गाउँपालिका- ३ बेलासपुरस्थितबाट प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा अन्य ४ जनालाई पक्राउ गरिका हुन ।
पक्राउ पर्नेहरुबाट खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ, ४ पुरीया रहेको प्लाष्टिक सहितको तौल ८ ग्राम ६४० मिलिग्राम, हरियो विर्को भएको प्लाष्टिकको डिब्बा भित्र रातो खैरो देखिने धुलो पदार्थ ८२ ग्राम ६८० मिलिग्राम, डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र बुप्रिनुफिन ५० एम्पुल परिणामको लागुऔषध बरामद गरिएको छ । साथै पक्राउ पर्ने प्रतिबादीहरुको साथबाट स्क्रिन टच मोवाईल थान ३ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताएका छ्न ।
पक्राउ पर्ने प्रतिबादीहरुलाई आइतबार सम्मानित जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाएको बोहराले जानकारी दिए ।























