झलनाथ खनालले मागे प्रधानमन्त्री ओलीको राजीनामा

नवलपुर टुडे


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । शनिबार काठमाडौंको बल्खुमा बाढीपीडितलाई खाद्यान्न वितरण कार्यक्रममा उनले सरकारबाट प्राकृतिक विपत्तिको पूर्वतयारी राम्रो हुन नसक्दा जनधनको ठूलो क्षति भएको उल्लेख गरे । जनता समस्यामा परेका भन्दै उनले वर्तमान सरकारले राजीनामा दिनुपर्नेमा जोड दिए ।
उनले हाल सरकार भएको आभास नभएको बताए । त्यसैले जनताले आफ्नो सरकार बनाउने बाटो खुला गरिनुपर्ने उनको भनाइ थियो । वर्तमान सरकार पूर्ण रूपमा ‘फेल’ भएको भन्दै विपक्षीमा रहेका दलहरू अघि बढेर काम गर्नुपर्ने उनले धारणा व्यक्त गरे । खनालले मौसमविद्ले ठूलो वर्षा हुन सक्ने जानकारी गराउँदा पनि त्यसको तयारी सरकारले बेलैमा राम्रो ढंगले गर्न नसक्दा ठूलो क्षति भएको बताए । सरकारको लापरबाहीका कारण जनता समस्यामा परेका उनले उल्लेख गरे ।
उनले प्राकृतिक विपद्पछि पार्टीको सम्पूर्ण जनशक्ति जनतामा केन्द्रित गरिएको बताए । हिमालयन टेली भ्वाइस

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
अरुपनि पढ्नुहोस
सबै
‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते
















