नेपाल वातावरण पत्रकार समूहको अध्यक्षमा कार्की निर्वाचित

नवलपुर टुडे


काठमाडौँ । नेपाल वातावरण पत्रकार समूह (नेवापस)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन् । नेवापस परिसरमा शुक्रबार भएको ३९औँ साधारणसभा पछिको मतदानमा कार्की ४५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गरिन् ।
उपाध्यक्षमा टीका बन्धन ४१ मतका साथ विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी सुरेश शर्माले ३२ मत प्राप्त गरे । महासचिव, सचिव र कोषाध्यक्षमा भने यसअघि नै क्रमशः कमलदेव भट्टराई, सृष्टि काफ्ले र भीष्मराज ओझा निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै, २ सदस्य (पुरुष)का लागि भएको निर्वाचनमा यम बम र रामप्रसाद भण्डारी विजयी भए । बमले ५४ र भण्डारीले ४६ मत प्राप्त गरे ।ि
नव निर्वाचित कार्यसमितिको कार्यकाल आगामी २ वर्षका लागि हो । जम्मा ११ सदस्यीय कार्यसमितिका लागि भएको मतदानमा २ जना महिला सदस्य र २ जना विज्ञ सदस्यको उम्मेदवारी नपरेकाले उक्त पदमा नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिले जनाएको छ ।
कूल १ सय ४ मतदाता रहेकामा ७४ जनाले मतदान गरेको जानकारी निर्वाचन संयोजक डा रवि शर्मा अर्यालले दिए । निर्वाचनअघि साधारणसभाले महासचिव सविन शर्मा, कोषाध्यक्ष सोमनाथ लामिछाने र लेखासमिति सदस्य निमेष अधिकारीले प्रस्तुत गरेको प्रतिवेदन छलफल पश्चात् पारित गर्यो । समूहले हरेक वर्ष प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका बझाङ सम्वाददाता वसन्तप्रताप सिंहले प्राप्त गरे ।
समूहका पूर्व अध्यक्ष ओम खड्काले उनलाई सम्मानपत्र र नगद राशि हस्तान्तरण गरे ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















