रोसीको बबन्डर : जहाँ खानी र क्रसर त्यहाँ समस्या

पत्रपत्रिकाबाट


काभ्रेपलाञ्चोक, असोज १४। अविरल घनघोर वर्षापछिको बाढीपहिरोमा परेर काभ्रेपलाञ्चोक जिल्लामा मात्र ३१ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । बाढीले सबैभन्दा ठुलो असर पारेको पनौती नगरपालिका, बेथानचोक गाउँपालिका र रोसी गाउँपालिकाको खानी तथा क्रसर उद्योग आसपासमा बढी क्षति छ ।
पनौती नगरपालिका–१२, भूमिडाँडा, बेथानचोक गाउँपालिका, वडा नं। ४ चलाल गणेशस्थान र रोसी गाउँपालिकाको मङ्गलटार क्षेत्रमा बाढीले सबैभन्दा ठुलो असर पारेको छ । ती स्थानमा खोलाछेउका मात्रै होइन, खोलाभन्दा निकै परका पनि सयौँ घर बगाएका छन् ।
काभ्रेपलाञ्चोकको मात्रै होइन, ललितपुरको टीकाभैरव क्षेत्रमा पनि बाढीले त्यस्तै क्षति गरेको छ । भूगर्भ तथा प्रकोपविज्ञ श्रीकमल द्विवेदीले वर्षापछिको क्षतिको प्रकार एकै किसिमको भएको बताए । खानी तथा क्रसर उद्योगसँगै ग्रामीण सडकको खनिएका ठाउँमा त्यस्ता समस्या धेरै भएको उनले जानकारी दिए । उनका अनुसार काभ्रेपलाञ्चोकको रोसी क्षेत्रमा असार ११ गते ३०० मिलिलिटरभन्दा धेरै वर्षा भएको थियो, जुने साबिकभन्दा धेरै हो ।
सो क्षेत्रमा बाढीले अत्यधिक असर पार्नुको प्रमुख कारण भनेको खानी तथा क्रसर उद्योगले अव्यवस्थित रूपमा थुपारेको गेग्य्रानले प्रमुख भूमिका खेलेको हुन सक्ने उनले अनुमान गरे । उनका अनुसार गेग्य्रानसहितको भेलबाढीले त्यति ठुलो क्षति पारेको हो । खोलाको प्राकृतिक बहाव क्षेत्रमा गेग्य्रानले अवरोध पारेपछि खोलो मानव बस्तीमा छिरेको देखिन्छ ।
अत्यधिक वर्षा भएपछि बर्षौंदेखिको भिरालो जमिनमा छाडिएको गेग्य्रानले बाटो अवरोध गरेपछि बाढीले त्यस्तो विनाश गरेको उनले बताए । जस कारणले सडक, पुल, मानिसका घरमा असर पारेको छ ।
नेपालमा पछिल्लो समयमा भएका बाढीले पारेको क्षति गेग्य्रानसहितको बाढीकै कारण हुन थालेको उनले स्पष्ट पारे । क्रमिक रूपमा माथिबाट बग्ने ठाउँमा गेग्य्रान आएपछि रोसी खोलाले बिपी राजमार्गको सतहसम्म आएको र ज्यादा क्षति पारेको उनको भनाइ छ । भल तर्काउने नालीसमेत नबनाई सडक बनाउने क्रम बढेसँगै पहिरोको जोखिम बढेको उनले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

सडक पूर्वाधार निर्माणमा सेनाको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

एससिओ कप चेसमा नेपालको औसत प्रदर्शन

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

ट्रम्प चीनमा अवतरण, सीले अँगालो हालेर गरे स्वागत
अरुपनि पढ्नुहोस
सबै
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

विजयनगरमा सरसफाइ तथा महिनावारी स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
















